काठमाडौं । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनको छोरा दिपेश पुन पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा मुछिएका पुनलाई प्रहरीले आज पक्राउ गरेको हो ।
प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले उनलाई ललितपुरको झम्सिखेलबाट पक्राउ गरिएको उपप्रधान तथा गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका उनी २ साउनमा बरामद भएकाे ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग सम्बन्ध देखिएपछि छानबिनको दायरामा परेका थिए । तर, सीआईबीले गम्भीरतापूर्वक अनुसन्धान नगरी उनलाई उन्मुक्ति दिएको सुन जाँचबुझ आयोगको प्रतिवेदनमा पनि उल्लेख छ ।