काठमाडौं । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्स मृत भेटिएकी छन् । अस्पतालनजिकै डेराको बाथरुममा चन्द्रिकाकुमारी दासको शव शंकास्पद अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।
शरीरका केही भागमा धारिलो हतियारको चोट देखिएकाले उनको हत्या भएको प्रारम्भिक अनुमान रहेको मोरङ प्रहरीले जनाएको छ । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको चोट छ ।
डेरा बसेको घरको कोठाभित्रको शौचालयमा दिउँसो १२ बजेतिर शव फेला परेको हो । धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं एसपी नवराज कार्कीले दिउँसो साडे १ बजे तिर प्रहरीमा उनको मृत्युबारे खबर आएको र प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिए ।