१९ वर्षीया युवतीको शव पशुपति जंगलमा भेटियो

काठमाडौं । काठमाडौंको पशुपति क्षेत्रको जंगलमा १९ वर्षीया युवतीको शव भेटिएको छ । पशुपति क्षेत्रको गोरखनाथ मन्दिर नजिकैको जंगलमा सिन्धुलीको कमलामाई नगरपालिका १ घर भई हाल कपनमा बस्दै आएकी सिन्धुलीकी युवतीको शव भेटिएको प्रहरीले जनाएको छ।

गौशाला प्रहरी वृत्तका डीएसपी केशव थेवेका अनुसार शव १९ सुस्मिता थापाको भएको जानकारी दिए। ‘उनको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो,’ डीएसपी थेवेले भने, ‘आफन्त आएर शवको सनाखत गरिसकेका छन्। शव पोष्टमार्टमको लागि भर्खरै टिचिङ अस्पताल लगिएको छ।’

शुक्रबार बिहान मर्निङवाकमा गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थेवेले बताए।

‘प्रारम्भिक अनुसन्धानबाट उनले आत्महत्या गरेको जस्तो देखिन्छ। हामी थप अनुसन्धानकै क्रममा छौँ,’ थेवेले भने। उनी दुई दिनअघिदेखि घरबाट हराएकी थिइन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित