कार्यपालिका बैठकमै कुटिए प्रमुख प्रशासकीय अधिकृत, टाउकोमा लगाइयो तीन टाँका

काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशी र नगर प्रवक्ता खगेन्द्र सिंहमाथि कुटपिट भएको छ ।

नगर प्रमुख भरत बडायर जोशीका अनुसार बिहीवार बजेट संशोधन गर्नेसहित १३ एजेन्डामाथि छलफल गर्न बैठक डाकिएको थियो ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत जोशी, प्रवक्ता सिंह र कार्यपालिका सदस्यहरूबीच केहीबेर भनाभन भएको थियो । बैठकमा विरोध चर्किँदै गएपछि कार्यपालिका सदस्यहरूले उनीहरूमाथि आक्रमण गरेका हुन्।

प्रशासकीय अधिकृत जोशीको टाउकोमा ३ टाँका लगाउनु परेको छ । जोशी नगरमा निजामती क्षेत्रका सबैभन्दा माथिल्लो श्रेणीका हाकिम हुन् ।

अहिले घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । नगरपालिकाका योजना अधिकृत रहेका जोशीलाई मङ्सिर पहिलो साता मात्रै निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित