१३८ सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपतिका सल्लाहकार गुरुङविरुद्ध १ अर्ब ४० करोडको मुद्दा

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका परराष्ट्र सल्लाहकार जीवनकुमार गुरुङ विरुद्ध १ सय ३८ किलो सुन तस्करी प्रकरणमा मुद्दा चलाउने निर्णय भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो।

गुरुङविरुद्ध १ अर्ब ४० करोड रुपैयाँबराबरको बिगो कायम गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ। सरकारी वकिलले मुद्दा चलाउने निर्णय गरिसकेकाले शुक्रबार अभियोगपत्र अदालतमा दर्ता गराइने त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ।

गत मंसिर २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित बारपाक, गोरखाका चन्द्र घले पक्राउ परेका थिए। त्यसमा अनुसन्धान हुँदै जाँदा उक्त गिरोहले १ सय ३८ किलो सुन अवैध तरिकाले ओसारेको पत्ता लागेको थियो।

घलेले दुबईमा अंकित अग्रवाल नाम गरेका व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करी गरिरहेको भेटिएको थियो। उक्त समूहका मीन घले, कृष्णकुमार श्रेष्ठलगायतले दुबईबाट सुन ल्याउने गरेको अनुसन्धानबाट खुलेको थियो। विमानस्थलमा सेटिङ मिलाउने काम डीबी भनिने दनबहादुर गुरुङलाई प्रयोग गरेको पाइएको थियो।

विमानस्थलबाट सुन बाहिर निकाल्न नागरिक उड्ययन कार्यालयका प्राविधिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, सेवा निवृत्त भई करारमा कार्यरत रमेश देउला, एसी शाखाका सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेतको पनि संलग्नता देखिएको थियो।

काठमाडौंको बानियाँटारस्थित सूर्यदर्शन हाइटमा रहेको डीबी गुरुङको घरमा सुन भण्डारण गरी गन्तव्यमा पठाउने काम गरिरहेको पत्ता लागेको थियो।

भन्सार कार्यालयले ताकेता गरेपछि प्रहरीले गुरुङलाई फागुन १४ गते पक्राउ गरेको थियो। ६२ वर्षीय जीवनकुमार गुरुङ डिल्लीबजारस्थित प्लाटिनम कलेजका सञ्चालक पनि हुन्।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित