रूसी सेनामा भर्ना भएका बागलुङका जितबहादुरसहित थप ७ जना नेपालीको मृत्यु

काठमाडौं । रूसी सेनामा भर्ना भएर युक्रेनविरुद्धको युद्धमा होमिएका थप ७ जना नेपालीको मृत्यु भएको छ।

परराष्ट्र मन्त्रालयले बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै पछिल्लोपटक युक्रेनसँगको युद्धका क्रममा रुसी सेनामा भर्ती भएका बागलुङका जितबहादुर विकसहित थप ७ नेपाली युवाको मृत्यु भएको पुष्टि गरेको हो।

यससँगै रुसी सेनामा भर्ना भएर ज्यान गुमाउने नेपालीको संख्या २० बाट उकालो लागेको छ। यसअघि सरकारले औपचारिक रूपमा १३ जना नेपालीको ज्यान गएको जनाएको थियो।

पछिल्लो पटक ज्यान गुमाउने
१. पूर्णबहादुर गुरुङ, धादिङ
२. नवीन शाही, जाजरकोट
३. पदमबहादुर घिमिरे, उदयपुर
४. गंगाराम अधिकारी, झापा
५. जितबहादुर विक, बाग्लुङ
६. सञ्जय केसी, बाँके
७. सुन्दर मोक्तान, रसुवा
परराष्ट्र मन्त्रालयले परम्परागत सम्झौताअन्तर्गत केही देशका राष्ट्रिय सेनामाबाहेक अन्यमा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नरहे जनाए पनि रसियन सेनामा भर्ना हुने क्रम रोकिएको छैन। रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई फिर्ता गराउन सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको मन्त्रालयले जनाएको छ।

यसैगरी, रुसी सेनामा ज्यान गुमाएका नेपालीका परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउन रुसी सरकारलाई मन्त्रालयले फेरि आग्रह गरेको छ।

froeign ministry nepal S7CNjFITS1 https://newskhari.com/wp-content/uploads/2023/11/rusi_sena.jpeg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित