त्रिभुवन विमानस्थलका ५४ जना प्रहरी अधिकारीहरूलाई हटाइयो

काठमाडौं । प्रहरी प्रधान कार्यालयले लामो समयसम्म एउटै युनिटमा रहेर काम गरिरहेका प्रहरी कर्मचारीलाई धमाधम दरबन्दी तोकिएको युनिटमा पठाउन थालेको छ । गएको मंगलबार उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ५४ जनालाई विमानस्थलबाट एकसाथ हटाएर नयाँ प्रहरी कर्मचारी पठाएको छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेश मैनालीका अनुसार, उपत्यकाका अरू कार्यालयहरूमा समेत लामो समय बसेका प्रहरी कर्मचारीलाई हटाएर नयाँ पठाउने गृहकार्य भइरहेको छ ।

विमानस्थलमा पाँचदेखि १६ वर्षसम्म त्यहीँ काम गरेका प्रहरी कर्मचारी छन् । विमानस्थलबाहेक प्रहरी प्रधान कार्यालयकै प्रशासन विभाग र मानव स्रोत विभागमा समेत वषौँदेखि एकै कर्मचारी बस्दै आएका छन् ।

प्रहरी कर्मचारीका निम्ति दुवै विभाग आकर्षित मानिन्छ । प्रहरी कर्मचारीका लागि आवश्यक खरिद प्रक्रिया प्रशासन विभागबाट हुने हुँदा त्यहाँ बस्न शक्तिकेन्द्रमार्फत दबाब समेत दिने गरिएको बताइन्छ ।

प्रहरी प्रधान कार्यालयले लामो समय एउटै कार्यालयमा रहँदा कार्यसम्पादनमा कमजोरी देखिने र विवादित हुने भन्दै सरुवा भएर पनि काजका रूपमा बस्दै आएका त्यस्ता प्रहरी कर्मचारीलाई धमाधम फिर्ता बोलाउन थालेको हो । उपत्यकाबाहेक सबै प्रदेश प्रहरी कार्यालय मातहतका कर्मचारीलाई समेत फिर्ता बोलाउन थालिएको छ ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित