काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आज विरोध प्रदर्शन गर्दैछ । भ्रष्ट व्यवस्थाको अन्त्य, हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना, प्रदेशस्तरीय संरचना खारेज, राष्ट्रघाती र भ्रष्टाचारीलाई कानुनको कठघरामा उभ्याउन मागसहित आन्दोलन गर्न लागेको हो ।
आन्दोलनको कार्यक्रम भद्रकाली परिसरमा मध्यान्ह १२ बजेबाट सुरु हुनेछ । आन्दोलनमा पार्टीका शीर्ष नेताहरू पनि सहभागी हुने बताइएको छ ।