एक महिनामा ७ हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । एक महिनाको अवधिमा सुनको मूल्य प्रतितोला ७ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन महिनाको १ गतेदेखि ३० गतेसम्मको अवधिमा सुनको मूल्य प्रतितोला ७ हजार ३०० रुपैयाँले बढेको हो ।

यो महिनाको १ गते छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार रुपैयाँ थियो । जुन, आज ३० गते १ लाख २५ हजार रुपैयाँ कायम भएर कारोबारमा आएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, १ गते तोलामा १ लाख १७ हजार १५० रहेको तेजाबी सुनको मूल्य आज १ लाख २४ हजार ४०० रुपैयाँ कायम छ ।

यो महिना नेपाली बजारमा सुनको मूल्यले कीर्तिमान नै कायम गर्‍यो । फागुन २७ गते सुनको मूल्य तोलामा १ लाख २६ हजार रुपैयाँ पुगेको थियो । यो मूल्य तीन दिनसम्म स्थिर कायम भयो । नेपाली बजारमा अहिलेसम्म सुनको मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँ पुगेको थिएन ।

यस्तै, यो महिना चाँदीको मूल्य ७० रुपैयाँले बढेको छ । महिनाको सुरुवातमा १३ सय ९५ रुपैयाँ कायम चाँदीको मूल्य अन्तिममा १४ सय ६५ रुपैयाँ कायम हुँदै कारोबार भइरहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित