काठमाडौं । दाङबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस दुर्घटनामा परेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको गढवा गाउँपालिका-१ स्थित कालाकाटे जुरौनीमा प्रदेश ३-०१-००६ ख ०९७४ नम्बरको रात्रीबस दुर्घटनामा परेको हो ।
मंगलबार राती तुल्सीपुरबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर सालको काठमा ठोक्किर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । तुल्सीपुर उमहानगरपालिका १९ का २१ वर्षीय आस्था पौडेल, सोही ठाउँका २२ वर्षीय बाबुराम लामिछाने र लमही नगरपालिका ५ बस्ने ४८ वर्षीय बबिता शाही घाइते भएका प्रहरीले जनाएको छ।
उनीहरु सबैको अवस्था मध्यम रहेको जनाइएको छ । घाइतेको उपचार भालुवाङस्थित राप्ती पोलिक्लिनमा भइरहेको छ । बसमा ४० जना यात्रु सवार थिए । उनीहरुलाई अन्य बसमा राखेर यात्रा गराइएको थियो ।