अमेरिका पठाइदिन्छु भन्दै ६० लाख ठगी, एक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अमेरिका पठाइदिन्छु भनी ६० लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने उदयपुर त्रियुगा नगरपालिका वडा नं ७ घर भई हाल गोँगबु बस्ने ३६ वर्षीय लोकबहादुर राउतलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले अमेरिकामा सात लाख ५० हजारसम्म तलब हुने प्रलोभनमा पारी खिमा डाँगीसमेत दुई जनालाई ठगी गर्ने राउतलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका राउतले अमेरिका जानका लागि प्रतिव्यक्ति ८० लाखसम्म लाग्छ भनी दुई जनासँग  ६० लाख लिएर फरार भएका थिए । राउतलाई गोँगबुबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता रेग्मीले बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित