काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले मंगलबार प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन निर्देशन जारी गरेकी हुन्।
नाउपा संसदीय दलकी नेतासमेत रहेकी श्रेष्ठले ४ जना सांसदलाई बुधबारको संसद् बैठकमा सबै चारजना सांसदलाई अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन दिएकी छन्।
‘प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन्छौँ। सबै सांसदलाई अनिवार्य उपस्थित भएर विश्वासको मत दिन निर्देशन जारी गरेका छौँ’, रञ्जिताले भनिन्। नयाँ सत्ता समीकरण बनेपछि प्रधानमन्त्री दाहाल फागुन ३० मा प्रतिनिधि सभाबाट विश्वासको मत लिंँदैछन्।