विवाहमा सुनको सिक्री नदिएको विषयमा लफडा गर्ने बेहुलासहित ६ जना पक्राउ

जनकपुरधाम । सुनको सिक्री नदिएको विषयमा विवाहमा लफडा गर्ने बेहुलासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेहुला बाराको कलैया उपमहानगर ४ का उमेश शाहसहित ६ जना रहेका छन् । उनीहरूलाई वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले सोमबार राति पक्राउ गरेको हो ।

विवाह मण्डपमा सुनको सिक्री नदिएको झोकमा होहल्ला गरेको र विवाह रद्द गर्न खोज्दा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका बेहुला शाहसहितलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

बेहुली पक्षले दाइजो नदिएको निहुँमा विवाह रद्द गरिएको भन्दै जाहेरी दिने तयारीमा छ । जाहेरी आएमा कानून बमोजिम कारबाही अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता कुमार विक्रम थापाले जानकारी दिए ।

शाहको विवाह वीरगन्ज महानगरपालिका २४ रानीघाटकी रमिता कुमारीसँग तय भएको थियो । विवाह मण्डपमा बेहुलाले सुनको सिक्री मागेपछि बेहुली पक्षले तत्काल दिन नसक्ने भनेपछि होहल्ला भएको थियो । पक्राउ परेका बेहुला शाह वीरगन्ज महानगरपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत रहेको बुझिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित