आज राष्ट्रिय सभा अध्यक्षको चुनाव: दाहाल र शर्मामा कसले मार्ला बाजी ?

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष पदका लागि मंगलबार निर्वाचन हुँदैछ । आज बिहान ११ बजेर ९ मिनेटमा बस्ने गरी बोलाइएको राष्ट्रियसभा बैठकमा अध्यक्षको चयन प्रक्रिया अघि बढ्ने जनाइएको छ ।

राष्ट्रियसभाको अध्यक्षका लागि सत्तापक्ष र प्रतिपक्ष गरी दुई प्रमुख राजनीतिक दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका तर्फबाट दुई जना प्रतिस्पर्धामा छन् । आज हुने निर्वाचनमा प्रतिपक्षी कांग्रेसका तर्फबाट युवराज शर्मा र सत्ता गठबन्धनका तर्फबाट माओवादीका नारायणप्रसाद दाहाल चुनावी मैदानमा छन् ।

कांग्रेसलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले साथ दिएको छ भने दाहाललाई सत्ता गठबन्धनमा रहेका माओवादीसहित एमाले, जसपा र एकीकृत समाजवादीको समर्थन रहेको छ ।

५९ सदस्यीय राष्ट्रियसभामा दाहाललाई माओवादीका उपाध्यक्षसहित १८, एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ गरी ३९ सांसदको समर्थन छ ।

यस्तै, शर्मालाई कांग्रेसका १६, लोसपा र राष्ट्रिय जनमोर्चाका एक एक गरी १८ सांसदको साथ छ ।

राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत बामदेव गौतम कतै खुलेका छैनन् । एक पद भने राष्ट्रपतिबाट मनोनीत हुन बाँकी छ । सिट र सिट भएका दलको समर्थनको आधारमा हेर्ने हो भने आजको निर्वाचनमा दाहालले बाजी मार्नसक्ने संभावन प्रवल रहेको आँकलन गर्न सकिन्छ ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित