काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले लिन लागेको विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् । प्रधानमन्त्रीले आउँदो बुधबार विश्वासको मत लिँदै छन् ।
तत्कालीन गठबन्धन तोडेर प्रचण्डले एमालेसहितको समीकरण बनाएपछि कांग्रेस असन्तुष्ट छ । फागुन २१ गते नयाँ समीकरण बनेको थियो ।