एक सातामा साढे ७ हजार रुपैयाँले किन बढ्यो सुनको मूल्य ?

काठमाडौं । पछिल्लो एक सातामा सुनको मूल्य प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढेको छ । फागुन १७ गतेबाट लगातार बढेको सुनको मूल्यले एकपछि अर्को नयाँ रेकर्ड कायम गर्दै गएको छ ।

गत फागुन १७ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै, फागुन १८ गते सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख १९ हजार रुपैयाँ कायम भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका तथ्यांकअनुसार गत फागुन २० गते एकै दिन २ हजार रुपैयाँले १ लाख २१ हजार रुपैयाँ कायम भएको थियो । साथै, फागुन २१ गते पनि मूल्य स्थिर रही सोही मूल्यमा कारोबार भएको थियो ।

तर, फागुन २२ गते भने विगतमा रेकर्ड कायम गरेको सुनको मूल्य ब्रेक गर्दै नयाँ इतिहास कायम गरेको थियो । फागुन २२ गते सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख २३ हजार रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, फागुन २३ गते पनि सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै १ लाख २३ हजार ५ सय रुपैयाँ कायम भएको तथ्याङ्कले देखाउँछ । फागुन २४ गते सुनको मूल्य पुनः रेकर्ड ब्रेक गर्दै सुनको मूल्य १ लाख २५ हजार रुपैयाँ कायम भएको थियो ।

फागुन २५ गते भने स्थिर रही सोही मूल्यमा कारोबार भएको थियो । लगातार बढेको सुनको मूल्यले आइतबार पनि पुनः नयाँ इतिहास कायम गरेको छ । महासंघअनुसार आइतबार हालसम्मकै बढी मूल्य कायम भएको छ । आइतबार सुनको मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँ कायम भएको छ ।

आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँ कायम भएको छ । साथै, चाँदीको मूल्य पनि १० दिनको अवधिमा एक सय रुपैयाँले बढेको छ । गत फागुन १७ गते चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएकोमा आइतबारसम्ममा एक सय रुपैयाँले बढेर १४ सय ७५ रुपैयाँ कायम भएको छ ।

पछिल्लो समय विश्व बजारमा तेलको मूल्यमा आएको गिरावटसँग भारत र चीन जस्ता उदाउँदा ठूला देशहरुले डलरको सट्टा सुन राख्न थालेपछि पनि सुनको मूल्यमा लगातार वृद्धि भइरहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित