१६ वटा तारे होटललाई तीन-तीन लाख रुपैयाँ जरिवाना

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित तारे होटेलले अखाद्य वस्तु प्रयोग गरी खाना तयार गर्ने गरेको फेला परेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो समयमा तारे होटेल केन्द्रित गरेको अनुगमनको क्रममा यस्तो फेला परेको हो ।

विभागका प्रवक्ता आनन्दराज पोखरेलले उपत्यकका नाम चलेका तारे होटलले नै गुणस्तरहीन खाना र खाजा खुवाउँदै आएको फेला पारिएको जानकारी दिए । उनका अनुसार खाना र खाजा तयार पार्न ति होटेलहरुले प्रयोग गर्ने मरमसला, खानेतेल, विभिन्न प्रकारका खाद्यजन्य पदार्थहरु म्याद नाघेको अवस्थामा फेला परेको हो ।

‘विभागले सुरु गरेको तारे होटेल केन्द्रित विशेष अनुगमनको क्रममा त्यस्ता होटेलले खाना र खाजा तयार पार्न प्रयोग हुने सबै प्रकारका खाद्यजन्य पदार्थ म्याद नाघेको अवस्थामा फेला परेको छ,’ पोखरेलले भने,‘उपभोक्ताबाट चर्को मूल्य लिएर मानव स्वास्थ्यलाई हानी पुर्‍याउने गरी गुणस्तरहीन खाद्य पदार्थ बिक्री गर्न पाइँदैन ।’

उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्नुका साथै ठगिसमेत गरेकाले विभागको अनुगमन टोलीले १६ वटा तारे होटेललाई जनही ३–३ लाख रुपैयाँ जरिवाना गराएको छ ।

विभागले फागुन १३ गतेदेखि तारे होटेल केन्द्रित विशेष अनुगमन गर्न सुरु गरेको छ । त्यो क्रममा आइतबारसम्म उपत्यकाको १६ वटा पाँच तारे होटेलमो अनुगमन गरी ति सबै होटेलबाट जरिवाना गराइएको छ । यसबाहेक ति होटेलहरुबाट म्याद नाघेको अवस्थामा पाइएको खाद्यजन्य कच्चा पदार्थसमेत ठूलो परिमाणमा बरामद गरी नष्ट गरेको छ ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित