साउन्ड इन्जिनियरसँग विवाद : गायिका एलिना चौहानले गरिन् आत्मालोचना

काठमाडौं । साउन्ड इन्जिनियर्ससँगको विवादपछि साउन्ड व्यवसायीहरूले गायिका एलिना चौहान सहभागी हुने कार्यक्रमका लागि साउन्ड सिस्टम उपलब्ध नगराउने चेतावनी दिएपछि एलिनाले आफ्नो कमजोरी स्वीकार गरेकी छिन् ।

गत हप्ता पर्वतमा भएको कार्यक्रममा गायिका एलिना र साउन्ड इन्जिनियर्सबीच विवाद भएको थियो । सो विवादपछि साउन्ड सिस्टम व्यवसायीहरूले एलिनालाई बहिस्कार गर्ने चेतावनी दिएका थिए ।

व्यवसायीको चेतावनीपछि शनिबार फेसबुकमा स्टाटस लेख्दै एलिनाले आफ्नो कमजोरी स्वीकार गरेकी हुन् । उनले भनेकी छिन्, ‘गत हप्ता पर्वतको एउटा सांगीतिक कार्यक्रममा प्रस्तुतीका लागि पुग्दा त्यहाँ एउटा आकस्मिक घटना हुन पुग्यो, जुन नहुनुपर्ने थियो । सो घटनामा तत्कालीन समयमा म आवश्यकताभन्दा बढी प्रतिकारात्मक देखिन पुगेका प्रति आत्मालोचना गर्दछु ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित