माओवादीले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक शनिबार ३ बजे बस्ने भएको छ। बैठक दिउँसो सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्ने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने र अन्य अजेण्डा पनि रहेको उनले बताए। त्यस्तै नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले सांसदबाट विश्वासको मत लिने विषयमा पनि बैठकमा छलफल गर्ने तयारी छ।

२१ गते प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको तत्कालीन सत्ता गठबन्धन तोडेर नयाँ सत्ता समीकरण बनाएपछि प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले पनि अर्को समीकरण निर्माणको कसरत गरिरहेको छ।

प्रधानमन्त्री प्रचण्ड जतिसक्दो छिटो प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारीमा छन्। यसबारे माओवादीले आजको दलको बैठकमा छलफल गरेर निर्णय लिने छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित