पार्किङ गरिएको स्कुल बसमा एक्कासी आगलागी भएपछि…

दाङ । दाङमा पार्किङ गरिएको स्कुल बसमा आगलागी भएको छ। गढवामा अवस्थित ज्ञानज्योति इङ्लिस बोर्डिङ स्कुलको बसमा शुक्रबार राति अचानक आगलागी भएको हो।

बस गढवा गाउँपालिका वडा नम्बर २ बघमरुवा निवासी अर्जुन योगीको घरको आँगनमा पार्किङ गरिएको थियो।

लु १ क ५३३५ नम्बरको स्कुल बसमा आगलागी भएको इलाका प्रहरी कार्यालय, गढवाका प्रहरी निरीक्षक नवीन वलिले जानकारी दिए। घटनाको अनुसन्धान प्रहरीले गरिरहेको छ।

पार्किङमा रहेको बसमा एक्कासि आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन्। गढवा गाउँपालिकाको दमकल, प्रहरी तथा स्थानीयको पहलमा आगो नियन्त्रणमा लिइएको थियो।

राति साढे १० बजेतिर बसमा आगलागी भएको प्रिन्सिपल दीपककुमार यादवले जनाएका छन्। आगलागीको कारण भने अझै खुल्न सकेको छैन।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित