भक्तपुरमा आफ्नै पत्नीको हत्या आरोपमा पति पक्राउ

काठमाडौं । भक्तपुरमा आफ्नै पत्नीको हत्या गरेको आरोपमा युवक पक्राउ परेका छन्। भक्तपुरको चाँगुनारायण नगरपालिका–३, झौखेल पिपलबोट नजिकै मनोजकुमार बुढाथोकीको घरमा डेरा गरी बस्ने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ८ घर भएका २५ वर्षीय सन्तोष भुजेललाई श्रीमती हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त पाठकका अनुसार मादक पदार्थले मातेका सन्तोषले बिहीबार साँझ आफ्नै श्रीमती २१ वर्षीया पवित्रा राईलाई कुटपिट गरेका थिए।

गम्भीर घाइते पवित्रालाई भक्तपुर अस्पताल लगिए पनि उपचारकै क्रममा बिहीबार बेलुकै ७ः१५ बजे उनको मृत्यु भएको डीएसपी पाठकले जानकारी दिए।

पोस्टमार्टमका लागि शव भक्तपुर अस्पतालमै राखिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न आरोपमा प्रहरीले सन्तोषलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली गएर प्रारम्भिक अनुसन्धान गरेको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित