वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध जाहेरी दर्ता

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध जाहेरी दर्ता भएको छ ।

नागरिकता किर्ते गरेको कसूरमा सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा जाहेरी दर्ता भएको डिएसपी कुमारविक्रम थापाले बताएका छन् । केही दिन अगाडि नै जाहेरी आएको आएको भएपनि बिहीबार ९आज० मात्र मुद्दा दर्ता भएको डिएसपी थापाले बताए ।

गएको पुस अन्तिमतिर वीरगञ्जका मेयर सिंहले आफू नक्कली बाबु भनेर एक जना युवतीलाई नागरिकता बनाइदिएको सार्वजनिक भएको थियो । सोही प्रकरणमा जाहेरीमा अन्य केहीलाई पनि प्रतिवादी बनाएर जाहेरी परेको प्रहरीले जनाएको छ ।

प्रशासनले १३ साउन २०७५ मा उनलाई नागरिकता जारी गरेको विवरणहरू सार्वजनिक भएका थिए । यसबारे छानबिन गर्न गृह मन्त्रालयले समिति समेत बनाएको थियो । त्यसक्रममा उनले नागरिकता लिने युवती अर्की श्रीमतीबाट जन्मिएकी ‘आफ्नै छोरी’ भएको बताएका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित