संस्थागत क्षमता स्वमूल्यांकमा गलकोट नगरपालिका अब्बल

कमल पौडेल, बडिगाड । आर्थिक वर्ष ०७९ /८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा बडिगाड गाउँपालिका जिल्लामा छैठौं नम्बरमा परेको छ। बागलुङ जिल्लालाई हेर्दा ८६.२५ अंकसहित गल्कोट नगरपालिका पहिलो नम्बरमा परेको छ भने ८४.७५ अंकसहित बरेङ गाउँपालिका दोस्रो नम्बरमा परेको छ।

८३.७५ अंकसहित बागलुङ नगरपालिका तेस्रोमा स्थानमा रहँदा ८२ अंक सहित जैमिनि नगरपालिका चौथोमा परेको छ। ७४.७५ अंक सहित निसिखोला पाचौं रहँदा ७३.५ अंकसहित बडिगाड गाउँपालिका छैठौंमा परेको हो। ७२.५ अंकसहित ताराखोला गाउँपालिका सातौं, ६९.७५ अंकसहित तमानखोला गाउँपालिका आठौं, ६७.७५ अंकसहित काठेखोला गाउँपालिका नवौं र ६३.२५ अंकसहित ढोरपाटन नगरपालिका जिल्लामा सबैभन्दा तल दशौं स्थानमा परेको छ।

आर्थिक वर्ष ०७८/७९ मा पनि ८४.५ अंकसहित गल्कोट नगरपालिका पहिलोमा थियो भने बडिगाड गाउँपालिका ७०.५ अंक सहित छैठौंमा नै थियो। गतवर्ष ७७.७५ अंक सहित दोस्रोमा रहेको ताराखोला यसपालि भने सातौं स्थानमा झरेको हो। भने गत वर्ष ७५ अंक सहित पाँचौं नम्बरमा रहेको बरेङले आफूलाई सुधार गर्दै यस वर्ष दोस्रो हुन सफल भएको हो।

आर्थिक वर्ष ७७ /७८ मा ७९.५ अंक सहित जिल्लामै पहिलो स्थानमा रहेको बडिगाड गाउँपालिका त्यसपछिका २ वर्ष लगातार अंक बढाउन सकेको छैन। आव ७७.७८ मा ७७ अंकसहित दोस्रो स्थानमा रहेको गल्कोट नगरपालिका आफ्नो अंक बढाउँदै लगातार २ वर्ष पहिलो स्थानमा रहेको छ। ढोरपाटन लगातार स्कोरको सबैभन्दा पुछारमा रहँदै आएको छ।

संस्थागत क्षमता स्वमूल्यांकन अन्तरगत शासकीय प्रबन्धमा ९ अंक, संगठन तथा प्रशासनमा ८ अंक, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ११ अंक, वित्तिय एवं आर्थिक व्यवस्थापनमा ११ अंक, सेवा प्रवाहमा १६ अंक, न्यायिक कार्यसम्पादनमा ७ अंक, भौतिक पूर्वाधारमा १३ अंक, सामाजिक समावेशीकरणमा १० अंक, वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ९ अंक र सहकार्य र समन्वयमा ६ अंक गरी कुल १०० अंकमा स्वमुल्यांकन हुने गरेको हो।

शासकीय प्रवन्धमा ९४.४४ प्रतिशत अंक पाएको बडिगाड गाउँपालिका वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा कमजोर देखिएको छ। वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ३८.८९ प्रतिशत अंक प्राप्त गरेको छ। वित्तीय एवं आर्थिक व्यवस्थापनमा ९०.९१ प्रतिशत अंक प्राप्त गर्दा भौतिक पूर्वाधारमा भने ४८.१५ प्रतिशत मात्रै अंक प्राप्त गरेको छ। सहकार्य र समन्वयमा ८३.३३ अंक प्राप्त गर्दा सामाजिक समावेशीकरणमा ७० प्रतिशत अंक प्राप्त गरेको छ। न्यायिक कार्य सम्पादनमा ८५.७१ प्रतिशत अंक प्राप्त गरेको बडिगाड गाउँपालिकाले सेवा प्रवाहमा ८१.२५ प्रतिशत, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ७७.२७ प्रतिशत र संगठन तथा प्रशासनमा ७५ प्रतिशत अंक प्राप्त गरेको छ।

नेपाल सरकार, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिजा) र स्थानीय तहको बित्तिय सुशासन जोखिम मुल्यांकन प्रणाली (एफआरए) सार्वजनिक गर्दै आएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित