एमाले बैठकः नेताहरूको प्रस्तावउपर आज समूहगत छलफल

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । तीनदिनसम्म जारी एमालेको सातौँ केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजेदेखि बस्दैछ ।

आजको बैठकमा नेताहरूको प्रस्तावउपर आज समूहगत छलफल हुनेछ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रस्तुत गरेको पार्टी शुद्धीकरण र सुदृढीकरणसम्बन्धी प्रस्ताव, उपाध्यक्ष विष्णप्रसाद पौडेलले प्रस्तुत गरेको जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त र जनआधारित कार्यकर्ता पार्टीको मर्मलाई बुझ्ने र कार्यान्वयन गर्नेसम्बन्धी प्रस्ताव, महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक कामको समीक्षा र उपमहासचिव प्रदीप ज्ञवालीले प्रस्तुत गरेको जनचासोका विषयमा पार्टी परिचालनसम्बन्धी प्रस्तावमा आधारित भएर ९ समूहमा आज केन्द्रीय कमिटी सदस्यहरुका बीचमा छलफल हुने सचिवालयले जनाएको छ ।

बैठक भोलिसम्म जारी रहन्छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित