वाईसीएल निसीखोलाले प्रभु बैंकका शाखा प्रबन्धकलाई बुझायो ज्ञापनपत्र

देविस्थान । नेपाल कम्युुनिष्ट पार्टी (माओवादी केन्द्र) निकट वाईसीएल नेपाल, निसीखोला गाउँ कमिटीले प्रभु बैंकलाई ज्ञापन पत्र बुझाएको छ । मंगलबार प्रभु बैंक शाखा कार्यालय निसीखोलामा पुगेर वाईसीएल नेपाल निसीखोलाले शाखा प्रबन्धक ठाकुरप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएको हो ।

‘आम निसीखोलावासीलाई दिने सेवाहरूमा लापरबाही गरेको, उपभोक्ता तथा सामूहिक खाता सञ्चालनमा अनावश्यक दुःख दिने काम गरेको भन्दै तत्काल सच्चाउन बैंकका शाखा प्रबन्धकलाई ज्ञापनपत्र बुझाएको वाईसीएल गाउँ कमिटीका अध्यक्ष कमल थापा मगरले जानकारी दिए ।

‘सेवाग्राहीलाई सहजता प्रदान नगरेको गुनासो आएपछि हामीले ज्ञापनपत्र बुझाएका छौं’ अध्यक्ष थापाले भने ।

सेवाग्राहीको सहजताका लागि ७ दिनभित्र गाउँपालिकाको कार्यालय नजिक एक्सटेन्सन काउन्टर राख्न पनि वाईसीयलले माग गरेको सचिव टिकाबहादुर रानाले बताए ।

‘हामीले ज्ञापनपत्र बुझाएपछि उहाँले समाधान गर्ने आश्वासन दिनुभएको छ,’ उनले भने, ‘यदी जनताले दुःख दिने काम भयो भने हामीले थप कदम चाल्छौं ।’

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित