एमाले केन्द्रीय कमिटीको सातौं बैठक जारी

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौं बैठकमा बसिरहेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी बैठकले राष्ट्रिय हित र जनसरोकारका विषयमा, जनपरिचालन र दबाब दिने विषयमा कार्ययोजना तयार गर्ने छ ।

महासचिव शंकर पोखरेलकाअनुसार बैठकमा सङ्गठनात्मक कामको प्रतिवेदन प्रस्तुत गरिनेछ । पार्टीका नेता कार्यकर्ता र पार्टीबाट निर्वाचित जनप्रतिनिधिमा गम्भीर विचलन देखापरेको भन्दै एमालेको सचिवालयको छैटौँ बैठकले सङ्गठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरेको थियो । केन्द्रीय कमिटी बैठकले यसबारे ठोस कार्ययोजना बनाउने महासचिव पोखरेलले बताए ।

मिसन ग्रासरूट अभियानपछि पार्टीको ११ बुँदे वार्षिक कार्ययोजना तर्जुमा गरेको केन्द्रीय कमिटी बैठकमा त्यसको समीक्षा प्रतिवेदन प्रस्तुत गरिने छ ।

त्यस्तै, मंसिर १४ देखि पुस २ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ गरेको र यात्राका क्रममा नागरिकस्तरबाट आएको सुझावमा आधारित रहेर मध्यपहाडी क्षेत्रको विकासको सम्भावनाबारे पनि केन्द्रीय कमिटीले दृष्टिकोण तय गर्ने कार्यसूची रहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित