काठमाडौं । मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोगग अनुसन्धान आयोगले तीनजना पूर्वसचिवसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। अख्तियारले पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरविरुद्ध मुद्दा दायर गरेको हो।
अख्तियारले अध्यागमन विभागका प्रमुख रुद्रसिंह तामाङविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको छ। अख्तियारले तीन पूर्वसचिव र अध्यागमन विभागका प्रमुख तामाङसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो।
अख्तियारले पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भइरहने पूर्वसचिव उपाध्यायविरुद् भ्रष्टाचार मुद्दा चलाएको छ।
उनी मेलम्ची खानेपनी विकास समितिको अध्यक्ष तथा नेपाल सरकारको विशिष्ट श्रेणीका सचिव पदमा रही उक्त भ्रष्टाचारमा संलग्न रहेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुनसमेत मागदाबी गरिएको अख्तिायरले जनाएको छ।