काठमाडौं । दाङमा महिला प्रहरीमाथि गोली प्रहार भएको छ । घोराही बजारमा डियुटीमा खटिएकी महिला प्रहरीमाथि गोली प्रहार भएको हो । गोली लागेकी महिला प्रहरीको अवस्था गम्भीर रहेको छ ।
गोली हानेको अभियोगमा दाङको लमहीबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका व्यक्ति पनि प्रहरी रहेको र उनी बाँकेमा कार्यरत रहेको लुम्बिनी प्रदेशका डिआइजी कुवेर कडायतले जानकारी दिए । घाइते उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।