नक्कली शैक्षिक प्रमाणपत्र देखाएर जागिर खाने शिक्षक गौतमविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा एक जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । कास्कीको पोखरा महानगरपालिका वडा नं-८ मा रहेको श्रीराम प्राथमिक विद्यालयका प्राथमिक तहको स्थायी शिक्षक विन्दु गौतम शर्माविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

शर्माको शैक्षिक योग्यताको प्रमाणपत्रहरु नक्कली भएकोले छानविन हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनले माध्यमिक शिक्षा परिषद्‍, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, युपी भारतबाट एस्एलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र र लब्धाङ्क पत्रहरु पेश गरी प्राथमिक तहको अस्थायी र स्थायी शिक्षक पदमा नियुक्त भएको पुष्टि हुन आएको अख्तियारको दाबी छ ।

अख्तिायाले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसुर भएको हुँदा शर्माउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम सजाय हुन मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित