नेप्से ३०.५६ अंकले घट्यो, चार अर्ब ६६ करोडको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार साढे ३० अंकले घटेको छ । सोमबार १५.३३ अंक बढेको नेप्से आज ३०.५६ अंक घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से २०७०.५९ विन्दुमा बन्द भएको हो । सोमबारको तुलनामा नेप्से १.४५ प्रतिशतले घटेको छ ।

यसदिन चार अर्ब ६६ करोड ७१ लाख रुपैयाँको धितोपत्र कारोबार भएको छ । ४० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २०३ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य भने स्थिर छ । बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त र सुपर माइ हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.७० प्रतिशतले घटेको छ ।

हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको ३२ करोड ५० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा फाइनान्स समूह २.४० प्रतिशत छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित