काठमाडौं । पूर्वकप्तान तथा नेपाली टिमकी भरपर्दो ब्याटर रुविना क्षेत्री नेपाली महिला क्रिकेटमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छन् ।
मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध मात्र ५४ बलमा शतक पूरा गर्दै उनले नेपाली महिला क्रिकेटमा दुर्लभ इतिहास बनाएकी हुन् ।
रुविना ५४ बलमा १० चौका र ३ छक्कासहित शतक पूरा गरिन् । यसअघि सर्वाधिक रनको कीर्तिमान सीता रानामगरको नाममा थियो । उनले सन् २०२१ नोभेम्बरमा सीता रानामगरले कतारविरुद्ध ८२ रनको कीर्तिमान बनाएकी थिइन् ।