क्यानडाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका अनिल र देवलाई लिग २ को स्वाक्वाडमा समेट्ने तयारी

काठमाडौं । क्यानडाविरुद्धको तीन एक दिवसीय शृङ्खला क्लीन स्वीप गर्दा नेपालका केही खेलाडीले उत्कृष्ट प्रदर्शन गरे । त्यसमध्ये पनि ‘सरप्राइज प्याकेज’ का रूपमा उदाए अनिल साह ।

पछिल्ला दुईवटा म्याचमा अवसर पाएका अनिलले पहिलो म्याचमा १९ बलमा अर्धशतक बनाए भने दोस्रोमा शानदार शतक बनाउँदै नेपाललाई सहज जित दिलाउन सफल भएका थिए । यद्यपि, उनी नेपालका रेगुलर खेलाडी होइनन् । दुई वर्षपछि पाएको मौकालाई उच्चतम सदुपयोग गरेपछि राष्ट्रिय टिमका चयनकर्तामा दबाब परेको छ ।

नेपालले अब महत्त्वपूर्ण प्रतियोगिताका रूपमा आइसीसी विश्वकपको लिग २ अर्को हप्ता घरेलु मैदानमा खेल्दैछ । यो प्रतियोगिताका लागि १५ सदस्यीय स्क्वाड पहिल्यै घोषणा गरिएको थियो । उक्त स्क्वाडमा अनिल साह छैनन् । क्यानडाविरुद्ध उत्कृष्ट ब्याटिङ गरेका देव खनाल पनि अनुपस्थित छन् । उनीहरू दुवैलाई रिजर्भमा राखिएको छ ।

लिग २ का लागि प्लेइङ ११ को छनोट गर्दा नियमित स्क्वाडमा रहेका १५ जनाभित्रबाट गर्नुपर्छ । उनीहरूमध्ये कोही खेलाडी घाइते भएको वा अरू विशेष कारणले खेल्न नसक्ने भएमा मात्रै रिप्लेसमेन्ट गरेर रिजर्भका खेलाडीलाई समावेश गर्न सकिन्छ । त्यसैले सामान्य अवस्थामा अनिल र देवले लिग २ खेल्न पाउँदैनन् ।

तर, उनीहरूले क्यानडाविरुद्ध गरेको प्रदर्शनका कारण लिग २ मा छुटाउन नसकिने क्यानले महसुस गरेको छ । त्यसैले उनीहरू दुवैलाई मुख्य स्क्वाडमा समावेश गर्नका लागि आइसीसीलाई पत्राचार गरिएको क्यान स्रोतले बतायो । कुन खेलाडीको प्रतिस्थापनका लागि पठाइएको हो भन्ने चाहिँ स्रोतले खुलाउन चाहेन । आज बेलुकासम्म आइसीसीबाट जवाफ आएर क्यानले औपचारिक जानकारी दिने स्रोतको भनाइ छ ।

‘उताबाट सहमति भएर आयो भने आजै बेलुका सार्वजनिक गर्छौँ,’ स्रोतले भन्यो ।

नेपालका नियमित ओपनरका रूपमा आसिफ शेख र कुशल भुर्तेल रहेका छन् । लामो समयदेखि नेपालको ओपनिङमा स्थिरता प्रदान गरेको यो जोडीलाई फुटाइहाल्ने पक्षमा चयनकर्ता छैनन् । अनिलले स्क्वाडमा स्थान बनाएको खण्डमा तेस्रो नम्बरमा उनलाई खेलाउन सकिने स्थिति छ ।

अर्कोतर्फ देव खनालमा पनि कहाँ एडजस्ट गर्ने भन्ने टाउको दुखाई नेपाललाई हुनेछ । डेन्जर जोनमा रहेका भीम सार्कीले क्यानडाविरुद्धको तेस्रो म्याचमा शतक हान्दै आफ्नो स्थान रक्षा गरेका छन् । यदि ब्याटिङ क्रमको तेस्रो नम्बरमा अनिलले मौका पाए भने चौथोमा रोहित पौडेल र पाँचौंमा भीम सार्की रहन सक्छन् । यस्तै कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीलाई नेपालले मिस गर्न चाहँदैन । आरिफ शेख पनि मध्य क्रममा राम्रो योगदान गर्दै आएका ब्याट्सम्यान हुन् । यस्तोमा प्लेइङ ११ मा चर्को प्रतिस्पर्धा देखिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित