दुर्गा प्रसाईले यी ७ ठाउँबाट जुलुस निकाल्दै, सवारी आवागमन प्रभावित हुने

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान, नेपालले मंगलबार काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदरमा परेकालाई सहुलियत दिनुपर्ने, हिन्दू राज्य कायम हुनुपर्नेलगायत एजेण्डा बोकेको अभियानले वार्षिकोत्सवको छेको पारेर मंगलबार प्रदर्शन गर्न लागेको हो ।

अभियानले राजधानीका विभिन्न ७ ठाउँबाट र्याली निस्कने र त्यो भृकुटीमण्डपमा पुगेर आमसभामा परिणत हुने जनाएको छ ।

पहिलो रुट कीर्तिपुर, कलंकी, कालीमाटी र त्रिपुरेश्वरलाई तोकिएको छ । मिटरब्याजपीडितको व्यानरमा अघि बढ्ने यो रुटको र्यालीको नेतृत्व शम्भु थापाले गर्नेछन् । महाभियानका सचिवालय सदस्य विजय कँडेलले जुलुसको संयोजन गर्नेछन् भने कोशी अञ्चल अध्यक्ष विरेश कुमार थापा र मेची अञ्चल अध्यक्ष ध्रुव सिवाकोटीले थापा र कँडेललाइ सघाउनेछन् ।

ककनी, गोंगबु, नयाँबजार, रानीपोखरीलाई दोस्रो रुट तोकिएको छ । नागरिक बचतको व्यानरमा हुने यो र्यालीको नेतृत्व अध्यक्ष मण्डल सदस्य राजु पनेरूले गर्नेछन् ।

लुभु, लामाटार, सानागाउँ, ग्वार्को, लगनखेल, जावलाखेल, पुल्चोक, कुपण्डोल, माइतीघर हुँदै कार्यक्रम स्थललाई तेस्रो, स्वयम्भू, ताहाचल, डल्लु, वसन्तपुरलाई चौथो, वनस्थली, सोह्रखुट्टे, ठमेल, लैनचौर, रानीपोखरीलाई पाँचौ, चाबहिल, गौशाला, जोरपाटी, मैतीदेवी, नक्सललाई छैटौं र भक्तपुर, कोटेश्वर, तीनकुने, नयाँबानेश्वर र माइतीघरलाई सातौं रुट तोकिएको छ । यी रुटलाई क्रमशः ऋषिबाबु परियार, देवी संग्रौला, आनन्दप्रसाद प्याकुरेल, हरि कार्की र राजेन्द्र लाखाले नेतृत्व गर्ने महाअभियानले जनाएको छ ।

उपत्यकाका सबैजसो क्षेत्रबाट जुलुस निस्किने भएकाले सवारी आवागमन प्रभावित हुनेछ । ट्राफिक प्रहरीले प्रदर्शनका कारण मंगलबार उपत्यकाको सवारी आवागमन प्रभावित हुनसक्ने भन्दै सुरक्षित बाटो भएर यात्रा गर्न सबैमा अनुरोध गरेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित