क्यानडाविरुद्ध नेपालले पेनाल्टीमार्फत पायो ५ रन

काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपालले पेनाल्टीबाट पाँच रन प्राप्त गरेको छ । क्यानडाका कप्तान शाद बीन जाफर ब्याटिङका क्रममा पिचमा कुदेपछि नेपालले पेनाल्टीमार्फत पाँच रन प्राप्त गरेको हो ।

नियमअनुसार ब्याटरले दोस्रोपटक पिचमा टेकेपछि विपक्षी टिमलाई ५ रन पेनाल्टीमार्फत रन दिने गरिन्छ । आजको खेलमा जाफरले पहिलोपटक पिचमा टेकेपछि उनलाई अम्पायरले चेतावनी दिएका थिए । तर, त्यसपछि पनि उनले सोही गल्ती दोहोर्याएपछि नेपालले पाँच रन पेनाल्टीमार्फत पाएको हो ।

एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा पाहुना टोली क्यानडाले दिएको २ सय ३३ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमाएको हो ।

उनी ४.५ ओभरमा डिलन हेलिगरको बलमा व्यक्तिगत १३ रनमा बोल्ड भए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३२ रन बनायो ।

उसका लागि ओपनर नवनीत धालिवालले ८२ बलमा ५ चौकासहित सर्वाधिक ५० रन बनाए । यस्तै, निखिल दत्तले ४५, हर्ष ठाकरले २९, श्रेयस मोव्वाले २५, कप्तान सादन बिन जाफरले अविजित ३१, श्रीमन्थ विजेरत्नेले २२ रन जोडे । नेपालका लागि आज डेब्यू गरेका हेमन्त धामीले ८ ओभरमा ५० रन दिएर सर्वाधिक तीन विकेट लिए ।

यस्तै, कुशल मल्लले दुई/दुई, आकाश चन्द तथा ललितनारायण राजवंशीले एक/एक विकेट हात पारे ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित