क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य

काठमाडौं । नेपालविरुद्ध क्यानडाले २३३ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा सोमबार नेपालविरुद्ध जारी एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा क्यानडाले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा २३२ रन बनाएको हो।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाका लागि नभनीत धालीवालले सर्वाधिक ५० रन बनाए। त्यसैगरी निखिल दुत्तले ४५ रन र हर्ष ठाकरले २९ रन, श्रेयास मोभाले २५ बनाए। साद बिन जफरले ३१ रन बनाएर अविजित रहे। अन्यले दोहोरो अंक जोड्न सकेनन्।

नेपालका लागि ओडिआईमा डेब्यु गरेका हेमन्त धामीले ३ विकेट, कुशल मल्लले २ विकेट, ललितनारायण राजवंशी र आकाश चन्दले १/१ विकेट लिए।

नेपालले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ। क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपाललाई ‘क्लिन स्विप’ गर्ने मौका रहेको छ। नेपालले सिरिजको पहिलो खेलमा ७ रन र दोस्रो खेलमा ४ विकेटले जित हात पारेको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित