आज नेपाल र क्यानडाबीचको अन्तिम खेल हुँदै

काठमाडौं । नेपाल क्यानडा त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम तथा तेस्रो खेल आज हुँदैछ । खेल कीर्तिपुर क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ ।

शनिवार भएको दोस्रो खेलमा नेपाली खेलाडीहरूले धैर्यपूर्वक गरेको ब्याटिङका कारण क्यानडालाई पराजित गर्‍यो । नेपाल आजको खेलमा सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा मैदान उत्रँदा क्यानडा भने पहिलो जितको खोजीमा मैदान प्रवेश गर्नेछ ।

दोस्रो खेलमा नेपालले कुशल भुर्तेल, ललित राजवंशी र आरिफ सेखलाई बेन्चमा राखेर आकाश चन्द र सूर्य तामाङलाई अवसर दिँदा उनीहरूले राम्रो प्रदर्शन गरे । दुई खेलमा पराजय बेहोरेपछि क्यानडाका मुख्य प्रशिक्षक पुबुदु दाशानायके पनि दबाबमा छन्। उनलाई नेपाली मैदान, पिच र खेलाडीको खेल्ने शैलीबारे निकै राम्ररी थाहा छ । यसअघि उनी नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक थिए । तर, नेपाली टोलीलाई घरेलु मैदानमा पाएको दर्शकको साथ र व्याटिङमा देखिएको धैर्यताका कारण दाशानायकेले फाइदा उठाउन सकेका छैनन् ।

सिरिजको पहिलो खेलमा नेपालले ७ रन र दोस्रो खेलमा ४ विकेटको क्यानडामाथि जित हात पारेको थियो। यससँगै नेपाल एक खेल अगावै विजेता बनिसकेको छ। पछिल्लो समय व्यस्त देखिएको नेपाली टोलील यो सिरिज सके लगत्तै घरेलु मैदानमा नै नामिबिया र नेदरल्याण्ड्ससम्मिलत त्रिकोणात्मक लिग टु सिरिज खेल्नेछ।

उक्त सिरिज फागुन ३ देखि १३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। नेपालले फागुन ३ र ७ मा नामिबिया तथा फागुन ५ र १३ मा नेदरल्याण्ड्ससँग खेल्नेछ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित