बुर्तिबाङ । ग्लोबल आइएमई बैंक लिमिटेड बुर्तिबाड शाखाद्वारा एकदिने बैंक तथा वित्तिय साक्षारता एवम् डिजिटल बैंकिड सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।
बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत सेवाग्राही नागरिकलाई वित्तिय क्षेत्र एवम् डिजिटल बैंकिङ सम्बन्धी जानकारी दिने र उनीहरूलाई वित्तिय साक्षरताबाट हुनसक्ने आर्थिक जोखिमबाट बचाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको ग्लोबल आइएमई बैंक लिमिटेड गण्डकी प्रदेश उपप्रमुख नारायणप्रसाद पौड्यलले जानकारी दिए ।
‘अझैपनि नागरिकहरू वित्तिय साक्षरता आवश्यक रहेको छ,’ उनले भने, ‘डिजिटल बैंकिङ कसरी प्रयोग गर्ने र त्यसबाट हुने सक्ने जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा आम नागरिकसँग अन्तरक्रिया गरिएको हो।’
८० जना सहभागिता रहेको कार्यक्रमको सञ्चालन ग्लोबल आईएमई बैंक लिमिटेड बुर्तिबाड शाखा प्रबन्धक ईश्वर राजभण्डारीले गरेका थिए । कार्यक्रमका विषयमा भने बैकका कर्मचारी समिर आचार्यले स्पष्ट पारेका थिए । कार्यक्रममा सहभागी आमनागरिकले आफूलाई लागेको जिज्ञासाहरू राखेका थिए। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष सामाजिक एवम् जनचेतना मुलक कार्यक्रम गर्दै आइरहेको छ।