बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाले फागुन १ गते जनयुद्व दिवसको दिन सार्वजनिक बिदा दिएको छ । गाउँ पालिकाले माघ १९ गतेको निर्णयअनुसार फागुन १ गते जनयुद्व दिवसको दिन सार्वजनिक बिदा दिएको हो ।
फागुन १ गतेका दिन गाउँपालिकाभित्रका सरकारी संघ संस्थाहरूमा सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष धनबहादुर विकले जानकारी दिए ।