सिरहामा कटुवा पेस्तोलसहित १ जना पक्राउ

सिरहा । कटुवा पेस्तोलसहित सिरहाबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा औरही गाउँपालिका -४ कमलपुरका २० वर्षीय सरोजकुमार यादव छन् । उनलाई शनिवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सिरहा नगरपालिका -७ बाट पक्राउ परेका यादवको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको छ । उनको उक्त स्थानमा डेरा गरी बस्ने औरही गाउँपालिका-३ का २२ वर्षीय संजितकुमार यादवसँग विवाद भएको थियो ।​​

उनीहरूबीचको विवादको खबरसँगै वडा प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले सरोजलाई पक्राउ गरेको हो । पछि तलासी गर्दा उनको साथबाट उक्त पेस्तोल बरामद भएको थियो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित