ललितपुर घटना : आमाले छतबाट हाम फालिन्, दुई बच्चा पनि कोठामा मृत भेटिए

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलको एक घरमा महिला र दुई बच्चाको मृत्यु भएको छ ।

३६ वर्षीया रविना महर्जनले शनिबार दिँउसो ४ तले घरको छतबाट हामफालेर आत्महत्या प्रयास गरेकी थिइन् । छतबाट हामफालेर गम्भीर घाइते भएकी महर्जनलाई उपचारको लागि किस्ट अस्पतालमा लगिएको थियो ।

उपचारकै क्रममा उनको राति साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्की बताए । आमा हामफालेपछि घरमा हेर्दा बच्चा अचेत देखिएपछि उपचारका लागि अस्पताल लगिएकोमा बच्चाको ज्यान गएको हो ।

साढे पाँच बजे रविनाका ६ वर्षीय छोरा अश्वेत महर्जन र छोरी रीभा महर्जन मृत्यु भएको छ । श्रीमान बिहानैदेखि घरमा नभएको र सुसाइट नोट समेत फेला नपरेकाले कारण खुल्न नसकेको एसपी कार्कीले बताए ।

उनका अनुसार दुई बच्चाको मुख थुनेको अवस्थामा फेला परेका थिए । रविना सासु श्रीमान र दुई बच्चासँग बस्दै आएकी थिइन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित