काठमाडौं । सूर्य तामाङले सिनियर टोलीबाट पहिलो विकेट लिएका छन् । उनले कीर्तिपुरमा जारी क्यानडाविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा विकेट लिँदै नेपाललाई पाँचौ सफलता दिलाएका हुन् ।
उनले आफ्नो पहिलो विकेटका रुपमा क्यानडाका हर्ष ठाकेरलाई पेभेलियन फर्काएका हुन् । उनले हर्षलाई विकेटकिपर आसिफ शेखद्वारा क्याच गराए । पेभेलियन फर्किनुअघि हर्षले ६ रन बनाएका थिए ।
३४.५ ओभरमा हर्ष आउट हुँदा क्यानडाले पाँच विकेट गुमाएर एक सय ९३ रन बनाएको छ ।