काठमाडौं । तीन खेलको एक दिवसीय शृंखला (सिरिज) अन्तर्गत नेपालले क्यानडासँग आज ९शनिबार० दोस्रो खेल खेल्दै छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ।
यसअघि सोही मैदानमा बिहीबार भएको पहिलो खेलमा नेपालले पछि परेको अवस्था उल्ट्याउँदै क्यानडाविरुद्ध ७ रनको रोमाञ्चक जित हासिल गरेको छ। नेपालका कप्तान रोहित पौडेल छन् भने क्यानडातर्फ साद बिन जफरले कप्तानी गर्नेछन्। नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी, आकाश चन्द र अनिलकुमार शाह छन् ।
क्यानडाको टोली
साद बिन जाफर (कप्तान), आरोन जोनसन, डिलोन हेलिगर, दिलप्रीत बाजवा, हर्ष ठकेर, कलिम साना, नभनित धलिवाल, निकोलस किर्टोन, निखिल दत्त, परगत सिंह, शाहिद अहमड्जाई, श्रेयस मोभा, श्रीमन्था विजयरत्ने, ईश्वरजोत सोही र उदय भगवान।