विमानस्थलका डीआईजी चन्द प्रदेश समन्वय विभागमा सरुवा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीको सरुवा भएको छ। उपप्रधान एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठले उनलाई काजमा प्रहरी प्रधान कार्यालय सरुवा गर्ने निर्णय गरेका हुन्।

प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा उनलाई सरुवा गरिएको छ। प्रदेश समन्वय विभागको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हुन्छन्। हाल प्रदेश समन्वय विभागको प्रमुख एआईजी सुदीप गिरी छन्।

विमानस्थलमा प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबीच कुटाकुट भएपछि छानबिन भएको थियो। गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिले कार्यालय प्रमुखमाथि समेत प्रश्न उठाएपछि चन्द असन्तुष्ट भएका थिए। यही कारण उनले राजीनामा समेत बुझाएका थिए।

तर प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरक्षिकहरुले सम्झाएर उनको राजीनामा फिर्ता गराएका थिए। राजीनामा फिर्ता गर्दै उनलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गर्ने वचन पनि महानिरीक्षक बसन्तबहादुर कुंवरले दिएका थिए।

त्यसको केही दिनमै उनलाई सरुवा गरिएको हो। डीआईजी चन्दलाई विमानस्थल प्रमुखका रुपमा खटाउँदा पनि काजमै सरुवा गरिएको थियो। उनको दरबन्दी भने त्यतिबेला पनि साइबर ब्यूरो मै थियो। अहिले पनि दरबन्दी साइबर ब्यूरोमै राखेर काजमा प्रहरी प्रधान कार्यालय लगिएको हो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित