कोशीमा पहिचानवादी र सरकारबीच ५ बुँदे सहमति

काठमाडौं । कोशी प्रदेश सरकार र प्रदेश पुनःनामकरण संयुक्त सङ्घर्ष समितिबीच ५ बुँदे सहमति भएको छ । बिहीबार बसेको वार्तामा दुवै पक्षबीच साझा सहमति कायम गरी प्रदेश सरकार समक्ष सिफारिस गर्ने निर्णय भएको थियो भने आजको वार्ताले प्रदेशको पुनः नामाकरण सम्बन्धमा सहमती हुने राजनीतिक वातावरण बनाउन सरकार एवं आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडी बढाउने सहमति भएको छ ।

त्यस्तै आन्दोलनरत पक्षले आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तीपूर्ण राजनीतिक गतिविधि अगाडी बढाउने र सरकारको तर्फबाट कुनै पनि प्रकारको बल प्रयोग नगर्ने, पहिचानको आन्दोलनका क्रममा भएका घाईतेहरुको उपचारको व्यवस्थापन र शहिद परिवारलाई क्षतीपूर्तिको व्यवस्था प्रदेश सरकारले प्रवन्ध गर्ने, ।

पहिचानको आन्दोलनको क्रममा कारागारमा रहेकाहरुको रिहाई र मुद्धा लागेका व्यक्तिहरुको मुद्धा फिर्ताको प्रकृया प्रदेश सरकारले अगाडी बढाउने र अर्को वार्ता मिति दुबै पक्षका वार्ता समिति संयोजकहरुले आपसमा समन्वय गरी फागुन १० गते भन्दा अगाडी बस्ने गरी समय र स्थान निर्धारण गर्ने सहमति भएको छ ।

अघिल्लो वर्ष फागुनमा प्रदेशसभा बैठकले प्रदेशको नाम कोशी पारित गरेपछि पहिचान पक्षधरले पुनः नामकरणको माग राख्दै आन्दोलन गर्दै आएका छन् ।

koshi government pahichan cOEZschY0u 578x768 1 https://newskhari.com/storage/2024/02/Koshi-Press-Meet-1024x768-1.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित