अध्यागमन अधिकृतमाथि हातपात गर्ने प्रहरी अधिकारीको सरुवा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनका अधिकृतसँगको विवादमा संलग्न ३ प्रहरी अधिकारीको सरुवा भएको छ । गृह मन्त्रालयको छानबिन समितिले निलम्बन सिफारिस गरेको असई सञ्जय तामाङ र दुई जवानको महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएको प्रहरी स्रोतले जनाएको छ ।

माघ १२ मा चेकजाँच गर्ने क्रममा विवाद हुँदा प्रहरी र कर्मचारीबीच हातपातको अवस्था सिर्जना भएको थियो । घटनाको छानबीन गर्न सहसचिव थानेश्वर न्यौपाने संयोजकत्वको समिति गठन गरिएको थियो । सो समितिले घटनामा संलग्न प्रहरीलाई निलम्बन सिफारिस गरेको थियो ।

तर, समितिको निर्देशन बेवास्ता गर्दै ती प्रहरी अधिकारीको सरुवा गरिएको हो । सरुवा गर्नुपनि एक प्रकारको कारबाही भएको प्रहरी स्रोतको दाबी छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित