सुन तस्करी प्रकरण : छानबिन समितिलाई पूर्व सभामुख महराले दिए बयान

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका पूर्व सभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणको छानबिन गर्न गठित समितिसमक्ष बयान दिएर फर्किएका छन् । बिहीबार पूर्व उपप्रधानमन्त्रीसमेत रहेका महराले पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको समिति समक्ष बयान दिएका हुन् । विद्युतीय चुरोट (भेप्स) मार्फत भएको सुन तस्करी सम्बन्धमा महराको नाम जोडिएपछि आयोगले उनीसँग बयान लिएको हो । सुन तस्करी प्रकरणमा बयानमा जाने महरा उच्च अधिकारी हुन् । महरा पूर्वगृह एवं अर्थमन्त्रीसमेत रहिसकेका नेता हुन् ।

सुन तस्करीमा संलग्न एक चिनियाँ व्यापारीसँग महराले पटक–पटक टेलिफोन गरेको तथ्य फेला परेको थियो । विमानस्थल भन्सारमा रहेको सुन छुटाउन महराले पटक पटक कमचारीलाई दबाब दिएका थिए । सुन तस्करी प्रकरणमा महराका छोरा राहुललाई सीआईबीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

यसअघि छानबिन समितिले विभिन्न व्यक्रिहरुसँग बयान लिईसकेको छ । गत साउन ३ गते सिनामंगलबाट बरामद भएको ६१ किलो सुन प्रकरणलाई लिएर संसद्मा नेकपा एमालेले सदन अवरुद्ध गरेपछि सरकारले छानबिन समिति बनाएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित