स्कुल बसको ठक्करबाट २७ वर्षीय युवकको मृत्यु

जनकपुरधाम । स्कुल बसले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। बिहीबार दिउँसो जनकपुरधाम उपमहागनरपालिका-२३ बेलापुरस्थित जनकपुरधामको श्रीराम बोर्डिङ स्कुलको बसले ठक्कर दिएपछि एक भारतीय युवकको मृत्यु भएको हो।

मृत्यु हुनेमा भारतको मधुवनी जिल्ला घर भएका तथा हाल जनकपुरमै ससुराली बस्दै आएका २७ वर्षीय ममताज कवारी छन्। बा२प ७६० स्कुल बसले साइकल यात्री २७ वर्षीय कवारीलाई ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका थिए।

उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लैजाँदा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ। यता, स्कुल बस र चालक महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर-५ बस्ने रामजस मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित