काठमाडौं । तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई २ सय २५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टियु मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सम्पूर्ण विकेट गुमाएर २ सय २४ रन बनायो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रनको अर्धशतकीय इनिङ खेल्नु सर्वाधिक रह्यो। उनले ५८ बल खेल्दै ९ चौक र १ छक्काको सहयोगमा ६२ रन बनाए।
त्यस्तै, आरिफ शेखले ३८ रनको योगदान दिँदा सोमपाल कामी २७ रन बनाएर आउट भए।
थप दोहोरो स्कोरक रूपमा भीम सार्कीले १७ रन बनाउँदा पवन सरफले १५ रन बनाएका थिए। सूर्य तामाङ १० रनमा अविजित रहे।
नेपाललाई मध्यम स्कोरम समेट्ने क्रमम क्यानडाका लागि उदय भगवानले ३ विकेट लिँदा साद विन जफार र इश्वरजत सोहीले समान २(२ विकेट लिए।
नेपालले आज राष्ट्रिय क्रिकेट टोलीमा रिजन ढकाल र सूर्य तामाङलाई डेब्युको अवसर दिएको छ।























