काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिज अन्तरगत नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । हुने खेल बिहान सवा ९ बजेबाट खेल सुरु हुनेछ ।
नेपालले डब्लुसीएल लिग टूको तयारी स्वरुप क्यानडाविरुद्ध सिरिजको आयोजना गरेको हो । आजको खेलमा स्पीनर सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन् । देव खनाल, हेमन्त धामी, आकाश चन्द्र र अनिल साह बेन्चमा रहेका छन् ।