पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीले मार्‍याे छापा

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीले छापा हानेको छ।

उनको शंखमूलस्थित घरबाट पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित दस्ताबेज बरामद गरेको छ।

जोशीको घरमा नेचर हब इन्टरनेसनल प्रालिको कार्यालयसमेत सञ्चालित थियो। त्यहीबाट सहकारी रकम कारोबार भएको सफ्टवेयरको सर्भरसमेत बरामद भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पोखराको आग्रहमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको हो।

बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सहकारीका संस्थापक अध्यक्ष जीबी राई, अध्यक्ष थानबहादुर बुढा मगर र पूर्वअध्यक्ष भुपेन्द्र राई फरार छन्।

उनीहरु तीनै जनाविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी छ। त्यही सहकारीको रकम ग्यालेक्सी टेलिभिजनमा लगानी गरेको आरोप छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित